शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2019 | 09:47:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ ।  कम्पनिले बैशाख ९ गतेको लागि साधारणसभा आह्वान गरेको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् 

कम्पनीले  लगानीकर्तालाई कर सहित १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष ७४/७५ को लाभांशबाट चुक्ता पुंजी ४ अर्ब ४० करोडको  १५.७८९५ प्रतिशतले हुन् आउने ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको बैशाख ९ गते हुने  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved