कामना सेवा विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 11:00:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र २४ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले १.५० प्रतिशतले कायम हुन् आउने ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२ रुपियाँ बराबरको बोनस शेयर र ८ प्रतिशतले हुन् आउने २० करोड २ लाख १२ हजार ४ सय ४१ रुपियाँ बराबरको नगद लाभांश गरि कुल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५ सय १९ रुपियाँ रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved