गुराँस लाइफको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 08:41:23 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले आज चैत २८ देखि हकप्रद बिक्रि खुला गरेको  भएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।

हकप्रद निष्काशनको लागि कम्पनीले चैत्र ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । चैत्र ५ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद भर्न सक्ने छन्  । हकप्रद भर्नको लागि  लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लगानीकर्ताले जेठ १ गते सम्म हकप्रद भर्न सक्ने छन्  । सम्पूर्ण आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकिने छ । 

हाल कम्पनीको चुक्ता पुंजी ५९ करोड ४० लाख रहेको छ ।  कम्पनीले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । बोनस पारित गर्न कम्पनीले चैत्र २१ गते साधारणसभा डाकेको थियो ।  ५० प्रतिशत हकप्रद र ८ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ९३ करोड ८५ लाख पुग्ने छ ।  

त्यसपछि इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोछ ।  शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुंजी १ अर्ब ८७ करोड पुग्ने छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved