एभरेष्ट इन्स्योरेन्सले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 02:33:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । 

 कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो  । अब कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्ने छ  । कम्पनीले यस अघि  १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो  । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम भएको छ ।

३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved