धितोपत्र बोर्डले लगानीकर्तासंग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 03:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको छ । बोर्डले बजार गतिविधि तथा गुनासा समाधानलाई थप व्यवस्थित, प्रभावकारी र मितव्ययी बनाउन रेडियो संवाद कार्यक्रम प्रशारण गर्न लागेको जनाएको हो  ।  

उक्त रेडियो कार्यक्रम मासिक रुपमा रेडियो कान्तिपुर एफएमबाट प्रशारण हुने भएको हो । यस सम्बन्धमा बोर्ड र कान्तिपुर एफएम बीच आज शुक्रबार सम्झौता भएको छ । सम्झौता अनुसार “लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम” हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म रेडियो  कान्तिपुरबाट  प्रशारण हुनेछ । यस श्रङ्खलाको पहिलो  कार्यक्रम यही बैशाख ४ गते बुधबार प्रशारण हुने भएको छ । साथै यो कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रुपमा परिणत गर्दै प्रशारण गर्ने बोर्डले जनाएको छ ।

बोर्डले गत असोजदेखि पाक्षिक रुपमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० बजेदेखि ७ः५५ सम्म रेडियो नेपालमार्फत धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved