ठुला कारोबारीलाई आजबाट प्यान अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 08:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

 धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आज  बैशाख २ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरेको छ  । यस अघि बोर्डले दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ताको लागि प्यान अनिवार्य गर्ने निर्णय गरेकोमा लगानीकर्ताको सुझाव र अर्थ मन्त्रालयको निर्णय बमोजिम ठुला कारोबारीलाई मात्र प्यान अनिवार्य गर्ने भएको हो 

जस अनुसार आजबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गरिने भएको छ । अन्य लगानीकर्तालाई भने बोर्डले प्यान लिन प्रोत्साहित गर्ने र हालको स्वेच्छिक राख्ने निर्णय गरेको छ । 

लगानीकर्ता,  सरोकारवालाहरु र अर्थ मन्त्रालयले गठन गरेको उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार यस्तो ब्यबस्था गरिएको बोर्डका प्रबक्ता निरज गिरिले बताएका छन् ।यस बाट दोस्रो बजारमा प्यान कार्यन्वयन सहज रुपमा अगाडी बढ्ने बोर्डले बिश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved