माउन्टेन हाइड्रोको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2019 | 10:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा सोमबार माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर कारोबार खुला भएको छ । कम्पनीको MHNL सिम्बल बाट कारोबार खुला भएको हो । पहिलो कारोबारको लागि नेप्सेले ९३.७५ देखि २८१.२५ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोकेको छ । 

बिहिबार माउन्टेन हाइड्रो नेपालको १ करोड २५ लाख कित्ता शेयर सुचिकृत भएको हो  । नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

कम्पनीले सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved