Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Apr 15, 2019 | 06:37:04 PM



shivam cement

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited ले हकप्रद निष्काशनको अनुमति माग गरेको छ।  कम्पनीले शेयर निष्काशनको लागि चैत्र २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

बोर्डबात अनुमति पाएपछि कम्पनीले १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7