उन्नति माइक्रोफाइनान्सले ८ हजार कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 10:19:21 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स Unnati Microfinance Bittiya Sanstha Limited को हकप्रद बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बैशाख ३ गते मंगलबार हकप्रद शेयर बाँडफांड गरेको हो । 

कम्पनीले फागुन १३ गतेदेखि ५:१ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको १ लाख १० हजार कित्ता मध्ये १ लाख १ हजार १ सय ५ कित्ताको लागि मात्र आवेदन परेको क्यापिटलले जनाएको छ । रित पुर्वक आवेदन दिने सबैलाई शेयर बाँडफांड गरिएको हो ।कम्पनीले बिक्रि हुन् नसकेको ८ हजार ८ सय ९५ कित्ता शेयर लिलाम गर्ने छ । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ४०.५० प्रतिशत बोनस प्रस्ताव गरेको छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पुंजी ८ करोड ८० लाख पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved