माछापुच्छ्रे बैंकले माग्यो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 08:56:11 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले ३ अर्बको ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । बैंकले चैत्र २७ गते बोर्डमा आवेदन दिएको हो । 

 बैंकले १० बर्षे अवधिको लागि हजार रुपियाँ दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यसमा बार्षिक १०.२५ प्रतिशत ब्याज पाउने र ब्याज भने अर्ध बार्षिक रुपमा भुक्तानी गरीने बैंकले जनाएको छ । ऋणपत्र निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

  कुल ३० लाख कित्ता मध्ये  अठार लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकि १२ लाख सार्वजनिक निष्काशनबाट बिक्रि गरिने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved