नबिलको महत्त्वाकांक्षी प्रचारले पनि तानेन लगानीकर्तालाई, इकाई बिक्नै हम्मे हम्मे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 09:53:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले निष्काशन खुला गरेको 'नबिल ब्यालेन्स फण्ड-२' को इकाईमा करिब ३४ करोड रुपैयाँ बराबरको आबेदन परेको छ।

इकाई निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङकाअनुसार बैसाख ५ देखि आजसम्ममा १२ हजार ८९१ आबेदकबाट करिब ३४ करोड रुपैयाँ बराबरको आबेदन परेको छ।  नबिलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई सार्वजनिक निष्काशन गरेको छ।

जस मध्ये  एक करोड ६८ लाख इकाई योजना नबिल बैंकको लागि र १२ लाख इकाई व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका छुट्याइएको छ ।  बाँकि १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई माग गर्नु पर्ने छ । प्रति इकाई १० रुपियाँका दरले सार्बजनिक निष्काशन हुन् लागेको हो ।

उक्त इकाईमा छिटोमा वैशाख ९ गतेसम्म र त्यस अवधिमा पुरा बिक्रि नभएमा  ढिलोको मिति अर्थात जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ।  यस योजनाको अवधि इकाई बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ।नबिल ब्यालेन्स फन्डमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीले १० बर्षको अवधिमा कुल २ सय दशमलव ०८ प्रतिशतसम्मको प्रतिफल दिने प्रक्षेपण गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि आइपीओमा आबेदन दिन सकिनेछ।  

नबिल इन्भेष्टमेन्ट बैंकिङले २ वटा सामुहिक लगानी कोष संचालन गरिसकेको छ। जस मध्ये नबिल ब्यालेन्स फण्ड परिपक्व भईसकेको छ भने नबिल इक्विटी फण्ड जारि छ।

महत्त्वाकांक्षी प्रक्षेपण

सात वर्षे अवधिको नबिल इक्विटी फन्ड सञ्चालनकै अवस्थामा नबिल इन्भेष्टमेन्टले तेस्रो योजना संचालनमा ल्याएको हो। दोस्रो परियोजनाको इकाई मुल्य (न्याभ) नै १० रुपैयाँ भन्दा मुनि रहेको रहेको अवस्थामा तेस्रो परियोजना सुरुमै नाफामा जाने र १२ प्रतिशत लाभांश बाड्ने प्रक्षेपण गरेको छ।

तर उसले दोस्रो परियोजना नोक्सानीमा किन गयो भन्नेबारे दिएको तर्क हेर्दा नै लगानीकर्तालाई 'उल्लु' बनाउन खोजेको देखिन्छ। कोषले सार्वजनिक गरेको विवरणपत्रमा ‘योजना सुरु भएको आव २०७३/७४ मा नेप्से परिसूचकमा ७ दशमलव ३ प्रतिशतले गिरावट आएकाले सम्पत्तिमा भएको लगानीको बजार मूल्य वृद्धि नभएको’ तथा आव २०७४/७५ मा पनि नेप्से परिसूचकमा २३ दशमलव ४० प्रतिशतले गिरावट आएकाले सम्पत्तिको मूल्यमा १३ दशमलव १४ प्रतिशतले गिरावट आएको तथा पर्याप्त लगानी अवसर नभएकाले लगानी नगरिएको भन्ने’ तर्क उल्लेख छ। 

नबिल इक्विटी फन्डको आव २०७३/७४ मा खुद सम्पत्ति १० रुपैयाँ १९ पैसा रहेको थियो भने आव २०७४/७५ मा लेखापरीक्षण नभएको प्रतिवेदनअनुसार ८ रुपैयाँ ६६ पैसा रहेको छ। खुद सम्पत्ति नै १३ प्रतिशत ऋणात्मक रहेको अवस्थामा आर्थिक बर्ष २०७४/७५ मा ८ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको नबिल आफैं प्रश्नको घेरामा परेको छ।

लगानीकर्तालाई तान्नलाई कोषले अहिले बिक्रिमा ल्याएको योजनाबाट पहिलो बर्ष १२ प्रतिशत लाभांश बाँड्ने प्रक्षेपण गरेको छ । त्यस्तै, त्यसपछि दोस्रो, तेस्रो हुँदै नवौं वर्षमा क्रमशः १३, १५, १६, १८, १७, १७, १६, र १५ प्रतिशत लाभांश बाँड्ने प्रक्षेपण गरेको छ । योजना समाप्त हुने अन्तिम वर्ष १५ प्रतिशत लाभांशसहित मूल पुँजी फिर्ता गर्ने महत्वाकांक्षी प्रक्षेपण गरेको छ। संचालनमा रहेको कोषको नै यो हविगत छ त्यस्तो अवस्थामा कोषले यस योजनाबाट इकाईधनीलाई नाफा बाड्न कसरि सक्छ भन्ने हेर्न बाँकी नै छ।  

      



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved