आईपिओ बेचेको २ महिना मै शिवम सिमेन्टको लाभांश, संचालकमा गोयल निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 05:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्सको लाभांश पारित भएको छ । सोमबार बसेको साधारणसभाले १५ प्रतिशत लाभांश पारित गरेको हो । अब कम्पनीले लगानीकर्तालाई ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने छ   । कम्पनीले आईपिओ निष्काशन गरेको २ महिनामा मै साधारणसभा गरी लाभांश वितरण गर्न लागेको हो  ।

साधारणसभाले  कम्पनीलाई मर्जरको बाटो पनि खोलिदिएको छ। समान उद्येश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडी बढाउन साधारणसभाले संचालक समितिलाई अख्तियारी दिएको हो । 

सभाले सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने गरि अलका गोयललाई संचालकमा निर्विरोध निर्वाचित गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved