नेपाल लाइफको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 11:22:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited को शेयर मूल्य समायोजन भएको छ । बुक क्लोज भएपछि २५ प्रतिशत बोनस शेयरमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।  संयोजनपछि कम्पनीको शेयर मूल्य १ हजार १६ रुपैयाँ ८० पैसा तोकिएको छ ।  कम्पनीको औसत आधार मूल्य १३ सय ५० रुपैयाँ ९० पैसा रहेको छ ।  



कम्पनीले आगामी जेठ ४ गतेलाई १९ औं साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनलाई कम्पनीले बैशाख १९ लाई बुक क्लोज गर्ने निर्णय गरेकोको थियो ।   कम्पनिले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३।५० प्रतिशत नगद लाभांश दिने प्रस्ताब साधारणसभामा लैजादैछ। त्यस्तै अन्य एजेन्डामा अधिकृत पुंजी बढाएर १० अर्ब पुर्याउने लगायत छ।      

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २८ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुंजी ४ अर्ब ४० करोड छ। बोनस वितरण पश्चात कमपनीको चुक्ता पुंजी ५ अर्ब ५ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved