एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 03:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited ले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न जेठ १४ गते बिशेष साधारणसभा डाकेको हो । साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख रहेकोमा प्रस्तावित हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड पुग्ने छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved