दोहोरो अंकले बढ्यो नेप्से, शिवम सिमेन्टमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 05:02:04 PM मा प्रकाशित

laxmi  sunrise bank

लगातार ४ दिन घटेको शेयर बजार परिसूचक नेप्से सोमबार दोहिरो अंकले बढेको छ । सोमबार नेप्से सूचक २१.७३ अंकले बढे एक हजार २ सय ९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो । सोमबार कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर खरिद बिक्रिबाट ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ रुपैयाँको कारोबार भएको छ ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह शुन्य दशमलव ८५ बिन्दुले घटेको छ । बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् तीन दशमलव ३६, वित्त एक दशमलव ७६, निर्जीवन बीमा चार दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।

कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । शिवमको चार करोड ९४ लाख १५ हजार बराबरको कारोबार भएको छ । यस्तै जनता बैंकको तीन करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड तीन करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक तीन करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक दुई करोड ४० लाख ९४ हजार नौ, नेको इन्स्योरेन्स दुई करोड दुई लाख एक हजार ८५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

आज साल्ट टे«डिङ लिमिटेडका शेयरधनीले सर्बाधिक ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शुन्य चार, बैंक अफ कमाठमाडौँ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाए । मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, यूनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड दुई दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले दुई दशमलव ३९ प्रतिशतले गुमाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved