वोमीलाई नागरिक लघुवित्त गाभ्न सैदान्तिक सहमति, के होला हकप्रद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 07:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited मा नागरिक लघुवित्त गाभ्नको लागि सैदान्तिक सहमति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले वोमी लघुवित्त वित्तीय संस्थालाई र नागरिक लघुवित्त गाभ्नको लागि अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई मर्जर जाने दवाब दिनको लागि हकप्रद शेयर नीष्काशन रोकेको छ । अब मर्जरमा जाने सैदन्तिक सहमति दिएसँगै हकप्रद शेयर निष्कासनको अनुमति पनि प्रदान गर्न सक्ने वोमी लघुवित्तका प्रुख कार्यकारी अधिकृत प्रममेश आर्चायले बताए । नेपाल राष्ट्र बैंकले मर्जा जाने लघुवित्तलाई मात्र हकप्रदल शेयर निष्कासनको अनुमति दिने बताइरहेको छ । राष्ट्र बैंकको दबाबपछि लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जाने सहमति गरिरहेका छन् । हालसम्म ७ वटा लघुवित्तले मर्जको सझौता गरिसकेका छन् । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा वोमी लघुवित्तको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ  नागरिक लघुवित्तको चुक्ता पुँजी १ करोड ७५ लाख रुपैयाँ रहेको छ । उक्त अवधिमा नागरिक लघुवित्त ४९ लाख ६४ हजार रुपैयाँले नोक्सानीमा रहेको छ भने वोमीले ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved