नेपाल बङ्गलादेश बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 06:54:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंशाख २३ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो।

अब बैंकले २ अर्ब बराबरको २० लाख कित्ता इकाई ऋणपत्र निष्काशन गर्ने छ ।  २ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात्  १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (private  placement) र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुने छ ।  उक्त ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।  

“एनबिबि डिबेञ्चर २०८५÷८६” नाम दिइएको उक्त ऋणपत्र निष्काशन गर्न बैंकले नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियूक्त गरेको छ ।   १० वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved