'मेरोशेयर डटकम'का कारण सिडीएससी तनावमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 08, 2019 | 06:33:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले संचालनमा ल्याएको मेरोशेयर पोर्टलले अहिले लगानीकर्तालाई निकै सहज बनाएको छ । लगानीकर्तालाई अनलाइन मार्फत नै आईपिओ भर्न, हकप्रद भर्न, आफ्नो पोर्टफोलियो हेर्न र शेयर बिक्रि गरेपछि डीआईएस ट्रान्सफर पनि मेरो शेयरबाटै सहज भएको छ । लगानीकर्ता माझ मेरोशेयर ब्राण्ड जस्तै बनेको छ ।

तर अहिले 'मेरोशेयर' को कारण सिडीएससी केहि तनावमा देखिएको छ । आफ्नो मेरोशेयर वेबसाइटका कारण नभई  सिडीएस अर्कै मेरोशेयरका कारण तनावमा देखिएको हो । सिडीएसको आधिकारिक वेबसाइट https://meroshare.cdsc.com.np हो । 

तर अहिले सामाजिक संजालमा http://meroshare.com नामक वेबसाइट चर्चामा छ । मेरोशेयर डटकम सिडीएससीको आफ्नो वेबसाइट होइन । यो वेबसाइट ३ बर्ष अगाडी नै दर्ता भई केहि दिन अगाडी मात्र नवीकरण भएको हो  । उसको वेबसाइटमा हेर्दा मंगलबारसम्म हामी छिट्टै संचालनमा आउदै छौ भन्ने देखिन्थ्यो। आज भने साइट नै खुल्दैन। उसले मेरोशेयर नामको फेसबुक पेज पनि बनाएको छ। जहाँ 'तपाईको लगानीको सम्पूर्ण जानकारीको लागि मेरोशेयर डटकम' भन्ने देखिन्छ  । फेसबुक पेजमा ३२ सय बढी लाइक छ । फेसबुकमा राखिएको कभर फोटोमा 'मेरो लगानी, मेरो शेयर, पछिको लागि संचय हरेक बर्षको प्रतिफल' लेखिएको फोटो छ । यस हिसाबमा हेर्दा उसले अनलाइन पोर्टल वा पोर्टफोलियो संचालन गर्न खोजेको जस्तो देखिन्छ। तर आजको मितिसम्म प्रेस काउन्सिलमा यो डोमेन दर्ता छैन  ।

सिडीएस आफै पनि के उदेश्यले यो वेबसाइट आउँन खोजेको हो भन्ने प्रष्ट छैन  । तर सिडीएससीले वेबसाइट दर्ता गराउने व्यक्तिसंग सम्पर्क गर्ने प्रयास गरिरहेको छ  । ईमेल गरेर सिडीएसले के प्रयोजनको लागि वेबसाइट ल्याईएको हो भन्ने बुझ्ने कोशिस गरिरहेको छ  । 

मेरोशेयर एक प्रकारको ब्राण्ड बनिसकेको र फेरी मेरोशेयर नाम कै अर्को वेबसाइट आउँदा लगानीकर्तामा भ्रम सिर्जना हुनेबारे सिडीएस जानकार छ  । सोहि कारण यसलाई जसरि पनि रोक्नु पर्ने पक्षमा सिडीएस देखिएको छ  । साथै सिडीएसले आफ्नी आधिकारिक वेबसाइट मात्र भएको र अन्य मिल्दो जुल्दो कुनै वेबसाइटसंग नझुक्किन सबै लगानीकर्ता समक्ष आग्रह गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved