सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 10:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख २६ गते बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले आर्थिक बर्ष ७४/७५ समेतको मुनाफाबाट चुक्ता पुंजीको ८६ प्रतिशतले हुन् आउने ४८ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने छ 

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ८२ लाख ९१ हजार रहेको छ । प्रस्तावित बोनसपछि कम्पनीको पुंजी १ अर्ब नाघ्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved