शिवम सिमेन्ट र एचआईडिसीएलको शेयर मूल्यमा किन लाग्यो सर्किट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 03:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार २ कम्पनीको शेयर मूल्यमा 'पोजेटिभ सर्किट' लागेको छ । सोमबार शिवम सिमेन्ट र हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी एचआईडिसीएलको शेयर मूल्यमा सर्किट लागेको हो । आकर्षक वित्तीय बिवरण प्रकाशित गरेपछि दुवै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो । 

एचआईडिसीएलको शेयर मूल्य आज ९.५९ प्रतिशत अर्थात् १४ रुपैयाँले बढेर १६० रुपैयाँमा पुगेको छ । त्यस्तै शिवम सिमेन्टको शेयर मूल्य ९.९६ प्रतिशत अर्थात् ४५ रुपैयाँले बढेर ४९७ रुपैयाँ पुगेको छ । आज शिवम सिमेन्टको सबै भन्दा धेरै ११ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने एचआईडिसीएल २ करोड ५० लाखको कारोबार भएको छ । 

शिवमले आकर्षक वित्तीय विवरण प्रकाशित गरेको र राम्रो लाभांश दिन सक्ने भएकोले लगानीकर्ता यसमा आकर्षित भएका हुन् । त्यस्तै एचआईडिसीएलले पनि तेस्रो त्रैमासमा राम्रो प्रगति गरेको र छिट्टै नै शतप्रतिशत हकप्रद आउने भएकोले लगानीकर्ताको रोजाईमा कम्पनी परेको हो । 

कसको प्रगति कस्तो ?

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा शिवम् सिमेन्टले १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीे गत आर्थिक वर्षको सोहि अवधिम ९३ करोड ६६ लाख रुपैयाँ ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कमपनीले आइपओि निष्कासन गर्दा स्थानीयबाट प्रतिशेयर १०० रुपैयाँ र अन्य सर्वसाधारणबाट प्रतिशेयर २०० रुपैयाँ प्रिमियम थप गरेर विक्रि गरेको थियो । जसले गर्दा  कम्पनीले शेयर प्रिमियम कोषमा ९५ करोड २ लाख रुपैयाँ जम्मा भएको छ । 

कम्पनीले प्रकाशित गरेको चैत्र मसान्त सम्मको विवरण अनुसार वार्षिक प्र्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ९९ रुपैयाँ ८८ पैसा रहेको छ ।  

उक्त अवधिमा ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ अन्य विक्रि बाट आम्दानी गरेको कम्पनीले ५ अर्ब २७ करोड २ लाख रुपैयाँ विक्रि खर्च गर्दा ३ अर्ब ५८ करोड संचालन मुनाफा आर्जन गरेको छ । 


एचआईडिसीएलले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब माथिको कमाई गरेको छ । कम्पनीले चैत्र मसान्तसम्ममा १ अर्ब १९ करोड कमाएको हो । आय करपछि कम्पनीको खुद नाफा भने ८३ करोड ६६ लाख रहेको छ । कम्पनीको खुद नाफा अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशतले बढेको हो 

११ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको रिजर्भमा १ अर्ब ११ करोड रहेको छ । कम्पनी जलविद्युत निर्माणको लागि १ अर्ब ९६ करोड ऋण दिएको छ । साथै कम्पनीको विभिन्न बैंकहरुमा १४ अर्ब १५ करोड टर्म डिपोजिटको रुपमा रहेको छ  ।

कम्पनीको प्रति शेयर आम्दानि १०.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७१, नेट वर्थ १०६.९९ रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । हकप्रदको लागि सरकारबाट कम्पनीले ५ अर्ब प्राप्त गरिसकेको छ । उक्त रकम हाल शेयरको अग्रिम भुक्तानी खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved