नेप्सेको वेबसाइटमा समस्या, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:33:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समस्या भएको छ । मंगलबार वेबसाइट खोल्दा कारोबारको कुनै विवरण देख्न सकिएको छैन । सबै सूचकहरु शुन्य देखाएको छ भने आजको कारोबारको कुनै पनि अपडेट देखिएको छैन ।

वेबसर्फ़रको फाइबर टुटेको कारण लाइभ ट्रेडिङको डाटा वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ। नेप्सेले समस्या समाधान गर्ने कोशिस भईरहेको र छिट्टै लाइभ ट्रेडिङको डाटा देखिने बताएको छ । कारोबार भने जारी नै रहेको नेप्सेले स्पष्ट पारेको छ ।

वेबसाइटमा समस्या आउँदा लगानीकर्ता भने कारोबारको जानकारीबाट बन्चित भएका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved