२ वटा विकास बैंक मर्ज हुदै, नेप्सेमा कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 11:47:17 AM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा क्षेत्रिय स्तरका विकास बैंकहरु एक आपसमा गाभिने भएका छन । भार्गव विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । यी दुई बैंकबीच मंगलबार मर्ज सम्बन्धि सम्झौता भएको हो । शाइनले भार्गवलाई गाभ्न लागेको हो । बैंक मर्जमा जाने भएसंगै नेप्सेमा भार्गव बिकास बैंकको सेयर कारोबार रोक्का भएको छ 

१० जिल्ले कार्यक्षेत्र रहेको शाइनको केन्द्रीय कार्यालय रुपन्देहीमा छ भने ३ जिल्ले कार्यक्षेत्र रहेको भार्गवको केन्द्रिय कार्यालय नेपालगंजमा रहेको छ ।  

हाल शाइनको चुक्ता पुंजी १ अर्ब ३७ करोड ८६ लाख रहेको छ भने भार्गवको चुक्ता पुंजी ४७ करोड ५२ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved