२ विकास बैंक गाभेर राष्ट्रिय स्तरको बन्दै शाईन रेसुङ्गा, मर्जपछि हकप्रद निष्काशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 01:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा क्षेत्रिय स्तरका विकास बैंकहरु एक आपसमा गाभिने भएका छन । भार्गव विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । यी दुई बैंकबीच मंगलबार मर्ज सम्बन्धि सम्झौता भएको हो । सहमती पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्बर बहादुर थापाले हस्ताक्षर गरेका हुन् । शाइनले भार्गवलाई गाभ्न लागेको हो । बैंक मर्जमा जाने भएसंगै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।

१० जिल्ले कार्यक्षेत्र रहेको शाइनको केन्द्रीय कार्यालय रुपन्देहीमा छ भने ३ जिल्ले कार्यक्षेत्र रहेको भार्गवको केन्द्रिय कार्यालय नेपालगंजमा रहेको छ ।  मर्जपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड रहने छ भने बुटवल उपमहानगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहने छ ।  मर्जपछि बैंक राष्ट्रियस्तरमा स्तरोन्नती हुने छ हकप्रद शेयरका माध्यमवाट थप पूंजी संकलन गर्ने बैंकले जनाएको छ 

मर्जपछि सञ्चालक समितीको अध्यक्षमा हाल शाइन रेसुङ्गाका सञ्चालक समितीका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै कायम रहने छन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गाका बहालवाला प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल नै कायम रहने छन् भने भार्गव विकास बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहनेछन् ।

डिडिएबाट प्राप्त प्रतिवेदनलाई संयुक्त मर्जर समितिमा छलफल गरेर स्वाप रेसियो तय गर्ने सहमति भएको छ  । समितिले सिफारिस गरेको स्वाप रेसियोलाई खुद सम्पत्तीको बढीमा १० प्रतिशतले आधार नेटवर्थमा थपघट गरी स्वाप रेसियो घटबढ गर्न सक्ने सहमति पनि दुई बैंकबीच भएको छ । बैंकले असार मसान्तसम्ममा एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ   ।

शाइन रेसुङ्गाले यस अघि नै रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंकलाई प्राप्ती गर्ने सहमती गरिसकेको छ।  नेपाल राष्ट्र बैंकले पनि उक्त मर्जरलाई सैदान्तिक सहमति प्रदान गरिसकेको छ ।   

मर्जपछि बन्ने बैंकको कुल पुंजी २ अर्ब ६७ करोड ५४ लाख पुग्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved