एनएमबि बैंकले ओम डेभलपमेन्टलाई गाभ्ने, ३ महिना भित्र मर्जर सक्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 05:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ  । बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता हुन् लागेको हो । सम्झौताको लागि बिहिबार होटेल अन्नपूर्णमा दिउँसो ३:३० बजे बैंकले पत्रकार सम्मलेनको आयोजना गरेको छ । 

बैंक बिशेष स्रोतका अनुसार मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको स्रोतले जनाएको छ  । 

यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो ।  प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो । 

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved