तारागाउँ रिजेन्सी होटेलको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 10:27:33 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटेलले धितोपत्र बोर्डलाई नै ठाडो चुनौती दिदै साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २४ गते साधारणसभा डाकेको हो । जसका लागि कम्पनीले जेठ ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

धितोपत्र सूचीकरण नियमावली अनुसार साधारणसभा हुनु भन्दा कम्तिममा ७ दिन अगाडी बुक क्लोजको मिति जानकारी दिनु पर्ने प्रावधान रहेको छ । तर कम्पनीले २ दिन अगाडी मात्र सूचना निकालेर बुक क्लोजको जानकारी गराएको हो । कम्पनीले जेठ ३ गते बुक क्लोज गर्ने निर्णय जेठ १ गते दिएको हो । जेठ ३ गते बुक क्लोज गर्दा कम्तिमा ७ दिन अगाडी अर्थात् बैशाख २७ मै सूचना दिनु पर्थ्यो ।

कम्पनीले नियम अनुसार बुक क्लोजको मितिको जानकारी नदिएपछि नेप्सेले कम्पनी २४ घन्टे स्पष्टीकरण सोधेको छ । साथै नेप्सेले कम्पनीको कारोबार समेत रोक्का गरेको छ । 

साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट १२.६३१ प्रतिशतले हुन् आउने २३ करोड ८३ लाख १४ हजार १ सय ८९ रुपैयाँ ४७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved