बिजपाटी सम्बाददाता     May 16, 2019 | 12:56:14 PM



dace

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ  । बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता हुन् लागेको हो । सम्झौताको लागि बिहिबार होटेल अन्नपूर्णमा दिउँसो ३:३० बजे बैंकले पत्रकार सम्मलेनको आयोजना गरेको छ । 

बैंक बिशेष स्रोतका अनुसार मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । यद्यपि १००:८० को स्वाप रेसियोमा मोटामोटी सहमति भएको श्रोतले बताएको छ। अर्थात ओमको १०० कित्ता हुनेले मर्जपछि एमएमबिको सय कित्ता शेयर पाउने छन् । डिडिएमा ठुलो अन्तर आएमा नतिजा अनुसार १० प्रतिशत थपघट हुनसक्ने गरि समझदारी बनेको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको स्रोतले जनाएको छ  । 

यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो ।  प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो । 

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7