बिजपाटी सम्बाददाता     May 16, 2019 | 01:28:24 PM



dace

बुधबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा ५२ लाख कित्ता शेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा दुई कम्पनीको गरी कुल ५२ लाख ४७ हजार २ सय ४ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको हो। 

बुधबार कृषि विकास बैंकको ५१ लाख ३ हजार १ सय २९ दशमलव ६ कित्ता बोनस शेयर र ग्लोबल आईएमई लघुवित्तको  १ लाख ४४ हजार ७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7