एनएमबि बैंक र ओम डेभलपमेन्टबीच मर्जर सम्झौता, के हुन्छ ओमले घोषणा गरेको बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 04:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited लाई गाभ्ने भएको छ  । बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिप पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरेका हुन् । 

मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले जनाएको  छ । 

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्। 

समझदारी पत्रमा सम्झौता गर्दै एमएमबिका संचालक पाण्डेले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउन ओमलाई उपयुक्त पार्टनरको रुपमा पाएको बताए ।  प्रदेश नम्बर ६ र ७ मा पनि उपस्थिति बढाउदै कृषिको लागि जोड दिने उनले बताए । बैंकको उपस्थिति कमजोर रहेको स्थानमा अन्य उपयुक्त पार्टनर पाएमा पुन: मर्जमा जाने संचालक पाण्डेले प्रष्ट पारे ।  

ओमले यस अघि घोषणा गरेको १२.७० प्रतिशत लाभांश वितरण गरेर मात्र दुई बैंक मर्ज हुने भएका हुन् ।  

यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो ।  प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो । हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved