Announcement IPO Result



बिजपाटी सम्बाददाता     May 16, 2019 | 09:34:02 PM



shivam cement

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बिहिबार ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ  । बिहिबार नेप्सेमा नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७ सय ७८ कित्ता शेयर सुचिकृत भएको हो  । 

शेयर सुचिकृत भएसंगै आइतबारबाट कम्पनीको कारोबार सुरु हुनेछ।  नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

कम्पनीले बैशाख ८ गतेदेखि  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता आइपीओ बिक्री निष्काशन गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7