थप २ लघुवित्त कम्पनी मर्ज हुदै , नेप्सेमा कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 12:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिका कालिका लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का भएको छ  । कम्पनी मर्जरमा जाने भएकोले कारोबार रोक्का भएको हो  

कम्पनीले जनसेवी लघुवित्तसंग गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर गरेको हो ।  कालिकाका तर्फबाट सञ्चालक समिति अध्यक्ष कृष्ण खाँण र जनसेवीकातर्फबाट सञ्चालक समिति अध्यक्ष विकास गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका राष्ट्रियस्तरको लघुवित्त हो।  जनसेवीको केन्द्रिय कार्यालय पर्वतको कुश्मामा रहेको छ  ।जनसेवी १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त हो ।

कालिकाको चुक्ता पुँजी हाल १० करोड ८० लाख रुपैयाँ रहेको छ भने जनसेवीको  ९ करोड ८० लाख चुक्ता पुँजी रहेको छ। जनसेवीले हालै मात्र आईपिओ निष्काशन गरेको थियो 

यस अघि गत ३१ गते मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए । पछिल्लो समय लघुवितहरु मर्जमा जाने क्रम बढेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved