प्राइम कमर्शियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 07:52:15 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकको लाभांश सुरक्षित गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ । बैंकले जेठ २६ गतेको लागि साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनको लागि बैंकले जेठ ९ गते बुक क्लोज गर्ने भएकोले आज ८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले घोषणा गरेको लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने भएका हुन् ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई  १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ  ।  साधारणसभाले मर्जर वा एक्विजिशनमा जान सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गर्ने छ । यस अघि प्राइम र  ओम डेभलपमेन्टको मर्जर प्रक्रिया भाँडिएको थियो ।   साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ५ जना सञ्चालक  निर्वाचन समेत गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रहेकोमा प्रस्तावित बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड  पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved