तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी मर्ज हुदै, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 07:53:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको बैंक बन्ने लक्ष्य सहित ३ वटा विकास बैंकहरु बीच मर्जर सम्झौता भएको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक,  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा मर्ज हुने भएका हुन् ।

तिनाउ र मिसन यस अघि नै मर्जर प्रक्रियामा नै छन् । यस मर्जरपछि बन्ने संस्था तिनाउ मिसन डेभलपमेन्ट बैंकमा कम्युनिटी डेभलपमेन्ट बैंक पनिमिसिने भएको हो । यस सम्बन्धि समझदारी पत्रमा तिनाउ विकास बैंकका अध्यक्ष राजेन्द्र प्रसाद ओझा, मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गरेका हुन । 

तिनाउ र मिसनको स्वाप यस अघि नै १:१ गर्ने तय भएको थियो  । अब तिनाउ मिसन डेभलपमेन्ट बैंक र कम्युनिटी डेभलपमेन्ट बैंक पनि १:१ को स्वापमा मर्ज हुने बैंक स्रोतले जनाएको छ । डिडिए प्रतिवेदनमा १० प्रतिशत भन्दा तलमाथि आए मात्र यो रेसियो परिवर्तन हुने भएको छ ।

हाल तिनाउको चुक्ता पुंजी ५६ करोड ७७ लाख, मिसनको चुक्ता पुंजी ५७ करोड ६४ करोड र कम्युनिटीको चुक्ता पुंजी ५३ करोड १६ लाख रहेको छ । मर्जपछि बन्ने कम्पनीको  चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख  र शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved