साधना र आर्थिक सम्बृद्धि लघुवित्त एक हुदै, मर्जरपछि शतप्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 07:45:37 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रस्ताव पारित गर्न साधना लघुवित्तले बिशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २५ गते गोरखाको होटेल सत्यममा साधारणसभा आह्वान गरेको हो । 

साधना लघुवित्तले आर्थिक सम्बृद्धि लघुवित्तलाई गाभ्न यस अघि नै सम्झौता गरिसकेको छ । सोहि प्रस्ताव पारित गर्न कम्पनीले बिशेष साधारणसभा आह्वान गरेको हो । १००:८० को स्वाप रेसियोमा साधनाले आर्थिक सम्वृद्धिलाई गाभ्ने भएको हो । अर्थात् आर्थिक सम्बृद्धिको सय कित्ता शेयर हुनेले साधनाको ८० कित्ता शेयर पाउने छन् ।

दुवै कम्पनीले मर्जपछि शत प्रतिशत हकप्रद निष्काशन पनि गर्ने भएका छन् । मर्जर प्रस्ताव पारित गर्न आर्थिक सम्बृद्धिले पनि सोहि दिन तनहुमा बिशेष साधारणसभा डाकेको छ ।

राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने नीति आएपछि २ लघुवित्त कम्पनी मर्ज हुन् लागेका हुन् ।  साधना गोरखामा रहेको छ भने  आर्थिक सम्बृद्धि तनहुको हो  ।  प्राप्ति पछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ । हाल दुवै कम्पनीको कार्यक्षेत्र १० जिल्ला रहेको छ । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ। त्यस्तै चुक्ता पूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखा छन् ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved