साधारणसभा गरेको १५ दिन मै कुमारी बैंकले किन डाक्यो बिशेष साधारणसभा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 06:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साधारणसभा गरेको १५ दिन मै कुमारी बैंक  Kumari Bank Limited  ले बिशेष साधारणसभा आह्वान गरेको छ । बैंकले आगामी जेठ ३१ गतेको लागि बिशेष साधारण सभा आह्वान गरेको हो । बैंकको सभा काठमाडौँको डिल्लीबजार स्थिति अमृतभोग पार्टी प्यालेसमा अपरान्ह १२:३० बजे सुरु हुनेछ 

बैंकले संचालकहरुको निर्वाचन गर्न बिशेष साधारणसभा डाकेको हो । जस अन्तर्गत संस्थापक शेयरधनीको तर्फबाट २ जना संचालक र साधारण शेयरधनीको तर्फबटा २ जना संचालकको लागि निर्वाचन हुने छ  । यस अघि पाटन उच्च अदालतले तत्काल निर्वाचन प्रक्रिया नगर्न अनतरिम आदेश दिएको थियो  । एक महिला शेयरधनीले कम्तिमा एक जना महिला संचालक हुनु पर्ने ब्यबस्था माग गर्दै अदालतमा रिट दायर गरेकी थिइन्  । अदालतले त्यसको सुनुवाई गर्दो कुनै पनि निर्वाचन नगर्न आदेश दिदै दुवै पक्षलाई छलफलमा बोलाएको थियो  ।

अदालतले दुवै पक्षसंगको छलफलपछि जेठ १० गते निवेदकको रिट खारेज गर्दिएपछि निर्वाचनको बाटो खुलेको हो  । साधारणसभा प्रयोजनको लागि बैंकले २०  गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । जेठ १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन्  । 

बैंकले गत बैशाख २६ गते मात्र १७ औ र १८ औ बार्षिक साधारण सभा गरेको थियो । सोहि साधारणसभाले लाभांश प्रस्ताव पारित गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved