शेयर किनेको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने, कसरी लिने सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 11:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन कारोबार मार्फत खरिद गरिएको शेयरको भुक्तानी अब अनलाइन बाट नै गर्न सकिने भएको छ। ४८ वटा बैंक तथा वित्तीय संस्थालाई समाबेश गरेर पहिलो चरणको बैंक  इन्टीग्रेसनको सुरु भएको हो । बिहीबार नेपाल क्लियारिंङ हाउस एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएसँगै अनलाइन भुक्तानी सुरु भएको हो ।

नेप्से र एनसीएचएलले दुई चरणमा गरेर बैंक इन्टीग्रेसनको काम सुरु गरेका हुन । जस अनुसार पहिलो चरण आइतबारबाट सुरु भएको हो । पहिलो चरण कार्यन्वयनमा आएसंगै लगानीकर्ताले आफुले खरिद गरेको शेयरको पैसा अनलाइन मार्फत नै ब्रोकरको खातामा पठाउन सक्ने छन् । पहिलो चरणमा आफुले दिनु पर्ने पैसा मात्र अनलाइन मार्फत तिर्न सकिने छ । ब्रोकरले आफ्नो खातामा पैसा आएपछि लगानीकर्ताको खातामा पैसा पठाईदिने छन् । 

दोस्रो चरण कार्यन्वयनमा आएपछि आफुले पाउने पर्ने पैसा पनि अनलाइन मार्फत नै आउँने छ । अर्थात् आफुले शेयर बिक्रि गर्दा ब्रोकरले शेयर बिक्रि गरे वापत पाउनु पर्ने पैसा सिधै अनलाइन मार्फत आफ्नो खातामा हालिदिने छ । पहिलो चरणमा देखिएको कमीकमजोरी समाधान गरेर एकदेखि २ हप्तामा दोस्रो चरण कार्यन्वयन ल्याउने नेप्सेले जनाएको छ । 

यस अघिसम्म अनलाइनबाट शेयर खरिद गर्न मिले पनि त्यसको भुक्तानीको लागि चेक नै प्रयोग गर्नु पर्ने बाध्यता थियो । अब दुवै चरण कार्यन्वयन भएसंगै आफुले पाउनु पर्ने पैसा पाउन र आफुले तिर्नु पर्ने पैसा पाउन चेकको प्रयोग गर्नु पर्ने छैन । 

हाल २२ बाणिज्य बैंक सहित ४८ वित्तीय संस्थाहरु यस प्रणालीमा सहभागी छन् । यी ४८ बैंक तथा वित्तीय संस्थामा खाता हुने अहिले पहिलो चरणको सेवा र दोस्रो चरण सुरु भएपछि पूर्ण बैंक इन्टीग्रेसनकोको सुबिधा लिन सक्ने छन् । 

यसको लागि लगानीकर्ताले टिएमएस अर्थात् नेप्सेको अनलाइन ट्रेडिङ लिएको हुनु पर्छ । शेयर खरिद गरेपछि त्यहि कनेक्ट आईपीएसको अप्सन हुन्छ। सोहि अप्सनमा क्लिक गरेर लगानीकर्ताले शेयर खरिद गर्ना साथ त्यसको लागि आवश्यक पैसा अनलाइन मार्फत ब्रोकरको खातामा पठाउन सक्ने छन। 

यसको लागि लगानीकर्ताहरुसंग कनेक्ट आईपिएसमा पनि खाता हुनु आवश्यक छ ।  कनेक्ट आईपीएसको खाता अनलाइन मार्फत नै खोल्न सकिन्छ ।  तर एक पटक भने आफ्नो हस्ताक्षर भेरिफाई गर्न बैंक पुग्नु पर्छ ।  साथै आफुसंग भएको बैंकको अनलाइन बैंकिंग सेवा पनि लगानीकर्ताले लिएको हुनु पर्ने छ ।

हालको लागि एक पटकमा १ लाखसम्मको भुक्तानी गर्न सकिने छ । दिनमा १० पटकसम्म यो सेवा प्रयोग गर्न सकिन्छ ।  एक दिनमा १० लाख भन्दा बढी भुक्तानी भने गर्न पाइने छैन ।  नेपाल राष्ट्र बैंकले केहि दिन अगाडी मात्र यो सीमा बढाएको छ ।  बढाईएको सीमा एनसीएचएलले लागु गरेपछि स्वत लगानीकर्ताले नयाँ सीमा अनुसार कारोबार गर्न सक्ने छन् । 

अनलाइन बाटै भुक्तानी गर्न भने एनसीएचएलले तोके बमोजिम शूल्क लाग्छ ।  यसको लागि २ दखि १५ रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु पर्ने छ ।  

एनसीएचएलले छिट्टै नै बाँकि रहेका बैंक तथा वित्तीय संस्थालाई पनि यस प्रणालीमा जोडिने जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved