दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंक र शिवम सिमेन्टमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 02:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आजकारोवार मापक नेप्से परिसूचक ११.९३ बिन्दुले घटेर एक हजार ३०२.६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८२ अङ्कले घटेर २७७.५६ मा ओर्लिएको छ । आज कुल १६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर खरिद बिक्रि बाट ६२ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कूल ११ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । जस अनुसार बैंकिङ ९.६, होटल ३२.३६, विकास बैंक १४.६५, जलविद्युत् ३०.७१, वित्त ५.३८, निर्जीवन बीमा ३५.०८, उत्पादन ०.७६, अन्य ११.७१, लघुवित्त ५.१५, जीवन बीमा ३८.०१, सामूहिक लगानी कोष ०.०२ अङ्कले घटेको छ ।

आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै चार करोड ८५ लाख ६२ हजार ५६८, शिवम् सिमेन्टको चार करोड ७५ लाख ७३ हजार २७१, माथिल्लो तामाकोशीको तीन करोड ७४ लाख ३६ हजार २१७, हिमालयन डिस्टिलरीको दुई करोड ५४ लाख २५ हजार २४५, कृषि विकास बैंकको शेयर दुई करोड १५ लाख ३४ हजार ३३२ मूल्यमा खरीद बिक्री भएको छ ।

आज ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् । अन्य बढी कमाउनेमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३.४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३.०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३.०३ प्रतिशतले कमाएका छन् । त्यस्तै जोशी हाइड्रो पावरका लगानीकर्ताले सर्बाधिक ९.७५, हिमालयन डिस्टिलरी ७.९०, राधी विद्युत् कम्पनी ६.८१, अरुण काबेली पावर ६.३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६.२७ प्रतिशतले गुमाए का छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved