यी ६ बैंकका ग्राहकले पाउने छैनन अनलाइनबाट सेयरको भुक्तानी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 09:57:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन कारोबार मार्फत खरिद गरिएको शेयरको भुक्तानी अब अनलाइन बाट नै गर्न सकिने भएको छ। ४८ वटा बैंक तथा वित्तीय संस्थालाई समाबेश गरेर पहिलो चरणको बैंक  इन्टीग्रेसनको सुरु भएको हो । बिहीबार नेपाल क्लियारिंङ हाउस एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएसँगै अनलाइन भुक्तानी सुरु भएको हो ।

नेप्से र एनसीएचएलले दुई चरणमा गरेर बैंक इन्टीग्रेसनको काम सुरु गरेका हुन । जस अनुसार पहिलो चरण आइतबारबाट सुरु भएको हो । पहिलो चरण कार्यन्वयनमा आएसंगै लगानीकर्ताले आफुले खरिद गरेको शेयरको पैसा अनलाइन मार्फत नै ब्रोकरको खातामा पठाउन सक्ने छन् । पहिलो चरणमा आफुले दिनु पर्ने पैसा मात्र अनलाइन मार्फत तिर्न सकिने छ । ब्रोकरले आफ्नो खातामा पैसा आएपछि लगानीकर्ताको खातामा पैसा पठाईदिने छन् । 

दोस्रो चरण कार्यन्वयनमा आएपछि आफुले पाउने पर्ने पैसा पनि अनलाइन मार्फत नै आउँने छ । अर्थात् आफुले शेयर बिक्रि गर्दा ब्रोकरले शेयर बिक्रि गरे वापत पाउनु पर्ने पैसा सिधै अनलाइन मार्फत आफ्नो खातामा हालिदिने छ । पहिलो चरणमा देखिएको कमीकमजोरी समाधान गरेर एकदेखि २ हप्तामा दोस्रो चरण कार्यन्वयन ल्याउने नेप्सेले जनाएको छ । 

यस अघिसम्म अनलाइनबाट शेयर खरिद गर्न मिले पनि त्यसको भुक्तानीको लागि चेक नै प्रयोग गर्नु पर्ने बाध्यता थियो । अब दुवै चरण कार्यन्वयन भएसंगै आफुले पाउनु पर्ने पैसा पाउन र आफुले तिर्नु पर्ने पैसा पाउन चेकको प्रयोग गर्नु पर्ने छैन । 

हाल २२ बाणिज्य बैंक सहित ४८ वित्तीय संस्थाहरु यस प्रणालीमा सहभागी छन् । यी ४८ बैंक तथा वित्तीय संस्थामा खाता हुने अहिले पहिलो चरणको सेवा र दोस्रो चरण सुरु भएपछि पूर्ण बैंक इन्टीग्रेसनकोको सुबिधा लिन सक्ने छन् ।  

६ वटा बाणिज्य बैंकहरु अझै पनि कनेक्टआईपीएसमा नजोडिएकोले त्यस बैंकका ग्राहकहरुले बैंक इन्टीग्रेसनको सेवा पाउने छैनन्  ।  हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक र हिमालयन बैंक हालसम्म पनि यस प्रणालीमा जोडिएका छैनन।  यी बाणिज्य बैंकहरु प्रणालीमा नजोडिएकोले यीनमा खाता भएका ग्राहकले बैंक इन्टीग्रेसनको सेवा पाउने छैनन । 

नेप्सेले सबै बैंकहरुको लागि सिस्टम तयार रहेको बताएको छ । तर बैंकहरु र ब्रोकरले नै इच्छा नदेखाएको नेप्सेको दाबी छ । उनीहरु आएमा तत्काल नै यी बैंक पनि कनेक्ट आईपीएसमा आवद्द हुने र लगानीकर्ताले सबै बैंकबाट बैंक इन्टीग्रेसनको सुबिधा पाउन सक्ने छन् । यस बाट लगानीकर्तालाई असहज हुने भएको छ।

कनेक्ट आईपीएसमा आवद्द बैंक तथा वित्तीय संस्थाको सुची हेर्न यहाँ क्लिक गर्नु होला ।

यो पनि : 

शेयर किनेको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने, कसरी लिने सेवा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved