देव विकास बैंकको बुक क्लोज तय, बोनस पाउन कहिलेसम्म किन्ने शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 08:36:59 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंक Deva Bikas Bank Limited ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १२ औ साधारणसभा गर्ने निर्णय गर्दै बुक क्लोज मिति तोकेको हो  ।

साधारणसभा प्रयोजनको लागि बैंकले असार ६ गतेदेखि असार १२ गत सम्म बुक क्लोज गर्ने भएको छ  । अर्थात् असार ५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले घोषणा गरेको लाभांश पाउन र साधारणसभामा भाग लिन सक्ने छन्  । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुंजीको ५.५ प्रतिशतले हुन् आउने १३ लाख ९३ हजार ५ सय २४ दशमलव १९ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५३ करोड ३६ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved