नेपाल बङ्गलादेश बैंकको ऋणपत्र भर्ने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 08:14:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited को ऋणपत्र भर्ने म्याद थप भएको छ। बैंकले जेठ १० गतेदेखि ऋण पत्र निष्काशन गरेको हो। उक्त ऋणपत्रमा छिटोमा जेठ १४ गतेसम्म आवेदन दिन सकिने जनाईए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन सक्ने छन ।

 बैंकले २ अर्ब बराबरको २० लाख कित्ता इकाई ऋणपत्र निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंशाख २३ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो।

२ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात्  १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (private  placement) र ४० प्रतिशत अर्थात ८० करोड बराबको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन हुने छ ।  ८० लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । उक्त ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक व्याज दरले अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।  

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

“एनबिबि डिबेञ्चर २०८५÷८६” नाम दिइएको उक्त ऋणपत्र निष्काशन गर्न बैंकले नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियूक्त गरेको छ । लगानीकर्ताले बैंकको शाखाहरु, क्यापिटलको कार्यालय, सम्पूर्ण सी आश्वा सदस्यहरु र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् ।  १० वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved