बजेटको पुर्वसन्ध्यामा सेयरबजार हरियो, लाभकरको अन्यौल हट्ने अपेक्षाले कारोबार ९० करोड नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट भाषणको पुर्व सन्ध्यामा सेयरबजार हरियो देखिएको छ। सेयरबजारप्रति नकारात्मक रहेको आरोप खेपिरहेका अर्थमन्त्री ड़ा युवराज खतिवडाले पुंजीबजारको लागि केहि सकारात्मक कुरा ल्याउने अनुमानले बजारमा सुधार देखिएको छ। 

पछिल्लो समय लगानीकर्ताको चाँसोको बिषय बनेको पुंजीगत लाभकरको अन्यौललाई बजेटबाटै सम्बोधन हुने लगानीकर्ताको अपेक्षा छ।  अर्थमन्त्री खतिवडाले लगानीकर्तासंग गरेको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्ने प्रतिबद्धता बजेट मार्फतनै पुरा गर्ने विश्लेषण गरिएको छ। यसले पनि बजारलाई सकारात्मक बनाउन सहयोग पुगेको छ।        

पछिल्लो एक महिनायता केहि दिनको अपवाद बाहेक बजार परिसूचक नेप्से र कारोबार रकम दुवैमा सुधार देखिएको छ। नेप्से सूचक निरन्तर उकालो लाग्दै १३१३ को बिन्दुमा पुगेको छ। बजेट भाषणको दिनको कारोबारमा मात्रै नेप्से परिसूचक ८ दशमलब ३९ अंकले बढेर १३१३.८८ अंकमा उक्लिएको छ। 

त्यस्तै आज १७३ कम्पनीको २६ लाख २८ हजार ४२० कित्ता सेयर खरिद बिक्रि हुँदा ९० करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। शेयर बजारको सुधारका लागि तयार पारिएको ५८ बुँदे सुझावलाई सरकारले बजेट मार्फत सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा छ। 

बुधबार सबैभन्दा धेरै शिवम सिमेन्टको मात्रै २० करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। कम्पनीको शेयर ३३ रुपैयाले बढेर ६७९ रुपैयाँ पुगेको छ। आज मात्रै कम्पनी शेयर मूल्य ७१० रुपैयाँ सम्म पुगेको छ। त्यस्तै प्रभु बैंक र अपर तामाकोशीको पनि ८ करोड माथिको कारोबार भएको छ। जीवन बीमा र व्यापार कम्पनीको सूचक बाहेक अन्य सूचक उकालो लागेका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved