बजेटमा शेयरबजारबारे सात व्यवस्था, प्यानदेखि एनआरएनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:16:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक बर्ष ७६/७७ को बजेट सार्वजनिक गरेका छन। बजेट मार्फत उनले शेयर बजारको लागि विभिन्न योजना सार्बजनिक गरेका छन्  ।

के आए नयाँ कुरा ?

१. ठुला बाणिज्य बैंक र बिमा कम्पनीहरुमा पनि मर्जरको प्रोत्साहन गरिने ।

२. धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने  ।

३. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने।

४. गैर आवासिय नेपालीले दोस्रो बजार बाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने ।

५. कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने ।

६. सेयर अभौतिकीकरण र सिडिएससी लगायतका कार्य व्यवस्थित गरिने ।

७. सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने ।र सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved