बजेटपछिको पहिलो कारोबारमा डेढ अर्ब बढीको किनबेच, शिवममा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2019 | 01:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेटपछिको पहिलो दिनको कारोबारमा नेप्से सूचक बढेको छ । आज बिहिबार नेप्से सूचक ५.५८ अंकले बढेर १३१९.४७ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ७४ कम्पनीका ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर  खरिद बिक्रिबाट १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँको करोव्बर भएको छ 

आज शिवम सिमेन्टको सबै भन्दा धेरै १७ करोड १९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल बैंक, प्रभु बैंक, अपर तामाकोशी, एनसीसी बैंक , जनता बैंक लगायत रहेका छन् 

आजको कारोबारमा हिमालय उर्जा विकासको शेयर मूल्य सर्बदिक ९.५९ प्रतिशतले बढेको छ भने रैरांग हाइड्रोको शेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया ग्रोथ फण्ड, ग्रिन डेभलपमेन्ट बैंक, वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स  लगायत रहेका छन् 

आज पाँचथर पावरका लगानीकर्ताले सर्बाधिक ९.९४ प्रतिशत गुमाएका छन भने नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ५.०५ प्रतिशत गुमाएका छन् 

आज कारोबारमा आएका बैंकिंग , अन्य , जीवन बिमा र म्युचल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज बजार खुलेको आधा घण्टा मै सूचक २.५ प्रतिशतले घटेपनि कारोबारको अन्त्य तिर सूचक घटेको हो । 

बजेटमा लगानीकर्ताका अधिकांश माग समेटिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved