नबिलको म्युचल फण्डको इकाई बाँडफांड, १ हजार बढीको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 11:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले निष्काशन गरेको  नबिल ब्यालेन्स फण्ड २ सामुहिक लगानी कोषको इकाई बाँडफांड भएको छ  । नबिल बैंक  कोष प्रबन्धक तथा नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग योजना व्यवस्थापक रहेको उक्त योजनाको इकाई शुक्रबार बाँडफांड भएको हो ।

कम्पनीले बैशाख ५ गतेदेखि जेठ ३ सम्म  प्रति ईकाइ मुल्य  १० का दरको बाह्र करोड ईकाइ निष्काशन गरेको थियो। जस मध्ये  एक करोड ६८ लाख इकाई योजना नबिल बैंकको लागि र १२ लाख इकाई व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका छुट्याइएको थियो ।  बाँकि १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

निष्काशनमा ३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० का लागि आवेदन परेको थियो।  तर १ हजार ४३ जना आवेदकको १ करोड २ लाख ८६ हजार ७६० इकाई रद्द भएको नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गले जनाएको छ ।  बाँकि रहेका ३३ हजार ९८ आवेदकहरुलाई ९ करोड ३९ लाख ३९ हजार ९७० बाँडफांड भएको छ  । 

बीज पूँजी समेत गरी योजनाको आकार १ अर्ब ११ करोड ९३ लाख ९९ हजार ७ सय हुन आएकोले सो आकारलाई राउण्डअफ गरी योजना व्यवस्थापकले ६०,०३० ईकाइ बीज पूँजीको रुपमा थप गरी योजनाको आकार  एक अर्ब बाह्र करोड बनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved