प्राइममा गाभिदै कन्काई विकास बैंक, थप केहिसँग सम्झौता गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 02:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंकलाई गाभ्ने भएको छ । आज बुधबार २ बैंकबीच यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा प्राइमका तर्फबाट संचाक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट संचालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुन्  ।

३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार सुरु गर्ने लक्ष्य बैंकले लिएको छ । स्वाप रेसियो भने डिडिए प्रतिवेदनको आधारमा तय हुने भएको छ  । मर्जरको लागि प्राइम बैंकको तर्फबाट गजेन्द्र बिष्टको संयोजकत्वमामा मजर कमिटि गठन गरिएको छ  । मर्जपछि बन्ने बैंकको कुल शाखा संख्या ८९ हुने छ  ।

प्राइमका अध्यक्ष श्रेष्ठले पुर्वमा कमजोर रहेको ब्यापार विस्तारलाई मर्जले सहयोग गर्ने अपेक्षा व्यक्त गरे  ।  त्यस्तै उनले असार मसान्तसम्ममा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर सम्झौता गर्ने र त्यसको लागी छलफल चलिरहेको बताए ।  प्राइमले करिब एक दर्जन अन्य बैंक तथा वित्तीय संस्थासंग पनि मर्जर सम्झौताको लागि छलफल गरिरहेको छ  ।

यस अघि प्राइमले ओम डेभलपमेन्टलाई गाभ्ने तयारी गरेको थियो । तर अन्तिम समयमा यो मर्जर भाडिएको थियो । मर्जर भाडिएपछि राष्ट्र बैंकले दुवै बैंकलाई ३ महिनामा अर्को मर्जर प्रक्रिया सुरु नगरे कारबाही गर्ने चेतावनी दिएको थियो । जस अनुसार ओमले एनएमबि बैंकसंग मर्जर सम्झौता गरिसकेको छ । प्राइमले पनि कन्काईलाई गाभ्ने भएपछि राष्ट्र बैंकको कारबाहीबाट दुवै बैंक बच्ने भएका हुन् । 

हाल प्राइमको चुक्ता पुंजी  ८ अर्ब ३ करोड छ भने कन्काई विकास बैंकको पुंजी ५१ करोड ५० लाख रूपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved