इन्भेष्टमेन्ट बैंकले जेठ २४ देखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 03:06:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँका दरले २ अर्ब बराबरको  २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो  ।

बैंकले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने छ र सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन  । संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछ ।

यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशतका दरले प्रत्येक ६—६ महिनामा ब्याजको भुक्तानी गर्ने छ ।   “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२” नाम दिइएको यस ऋणपत्रको अवधि सात बर्ष रहेको छ ।  सो ऋणपत्रलाई एनआईबिएल बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने छ ।  नेप्सेमा पनि यसको कारोबार हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved