शतप्रतिशत हकप्रद निष्काशनको लागि जनउत्थान लघुवित्तको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 02:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्न लागेको हो । कम्पनीले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद जारी गर्नको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।  

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved