अब आईपिओमा महिलालाई आरक्षण !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 11:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले शेयरबजारमा महिलाहरुको स्वामित्व र लगानी बढाउनु पर्ने बताएका छन्  । नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले कसरी महिलाहरुको स्वामित्व र लगानी बढाउन सकिन्छ भन्ने बारे गृहकार्य गर्न बोर्डलाई आग्रह गरेका हुन्  । 

उनले यस बिषयमा बजेट मै केहि ब्यबस्था गर्न खोजिएको भएपनि गृहकार्य गर्न नसकिएकोले बजेटमा नआएको उनले बताए  । 

अहिले सबैलाई सम्भव भएसम्म न्यूनतम १० कित्ता आईपिओ दिने नियम जस्तै महिलाहरुलाई केहि बिशेष आरक्षणको प्रावधान बोर्डले गरेमा मन्त्रालय सकारात्मक रहेको उनले बताए  । उनले महिलाहरुको शेयरमा सहभागिता बढाउँन आउने प्रावधानको पक्षमा आफु रहेको र यस बिषयमा बोर्डले पहल गर्नु पर्ने उनले बताए ।

पुँजीगत लाभकर घटाउदा घरजग्गामा महिलाहरुको स्वामित्व ८ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको स्मरण गराउदै उनले शेयरबजारमा पनि महिलाहरुको लागि पुँजीगत लाभकर घटाउन सकिने आशय व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved