आईपिओ निष्काशनमा नयाँ नियम आउदै, सय रुपैयाँमा नपाइने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 12:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनमा नयाँ नियम ल्याउने तयारी गरेको बताएको छ। बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले अन्तराष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गरेर शेयर निष्काशनको मोडालिटी परिवर्तन गर्ने बताएका हुन्

बोर्डको २७ औ वार्षिकोत्सवलै सम्बोधन गर्दै उनले अन्तराष्ट्रिय अभ्यासमा रहेको 'ओपन बिडिङ सिस्टम', 'फिक्सड प्राईजिंङ सिस्टम' लगायतको तरिकाबाट शेयर निष्काशन गर्न सकिने ब्यबस्था ल्याईने बताएका हुन्। 

बोर्डले यस्तो नियम कार्यन्वयन ल्याएमा अंकित मूल्यमा आईपिओ पाइने छैन ।  'ओपन बिडिङ सिस्टम' लगानीकर्ताले आफै यति रकम तिर्छु भनेर बिड गर्छन भने  'फिक्सड प्राईजिंङ सिस्टम'मा कम्पनीले नै आफ्नो कम्पनीको मूल्य यति भनेर तोक्ने गर्छ। यहि कारण यी नियम कार्यन्वयनमा आए आईपिओ सय रुपियाँ मै नपाइन सकिने भएको हो। यद्यपि केहि कमजोर कम्पनीको आईपिओ भने अंकित मूल्य मै पाइन् सक्छ । 

हाल नेपालमा प्रति कित्ता एक सयमा आईपिओ निष्काशन हुदै आएको छ। 

कार्यक्रममा अध्यक्ष कार्कीले बोर्डले गैर आवाशीय नेपालीलाई पुँजीबजारमा भित्र्याउन पनि गृहकार्य गरिरहेको बताए। विकशित देशको सुबिधा पाए मात्र उनीहरु नेपाल आउने बताउदै अध्यक्ष कार्कीले कसरी लाभांश लैजाने बिषय टुंगो लगाउनु पर्ने बताए । 

यो पनि : 

अब आईपिओमा महिलालाई आरक्षण 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved