प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 09:57:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले हकप्रद प्रस्ताव पारित गर्नको लागि बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १० गतेको लागि बिशेष साधारणसभा आह्वान गरेको हो  

साधारणसभामा कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन प्रस्ताव पेश गर्ने छ । कम्पनीले ३८ करोड ४९ लाख १२ हजार बराबरको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् 

हाल कम्पनीको चुक्ता पुंजी  ६४ करोड १५ लाख रहेकोमा प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  एक अर्ब २ करोड ६४ लाख पुग्ने छ 

कम्पनीको गत आर्थिक बर्षमा १८ करोड खुद मुनाफा गरेको थियो । साथै कम्पनीले त्यति नै बराबरको जगेडा कोष देखाएको छ । तर पनि कम्पनीले लाभांश वितरण नगरी हकप्रदको बाटो रोजेको हो 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved