लिलाममा आएको नेपाल इन्स्योरेन्सको शेयरको कट अफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 03:35:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी Nepal Insurance Company Limited ले लिलाममा राखेको शेयरको कट अफ मूल्य ३५६ कायम भएको छ। सर्वसाधारण तर्फको शेयरको कट अफ मूल्य ३५६ र सर्वसाधारणतर्फको शेयरको कट अफ मूल्य १६७.११ रुपैयाँ कायम भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सर्वसाधारणतर्फ कुल ८९० र संस्थापक तर्फ कुल ६ वटा आवेदन परेको थियो । सर्वसाधारणतर्फ  सबै भन्दा धेरै ४०१.५ र संस्थापक तर्फ सबै भन्दा धेरै २०३ रुपैयाँको लागि आवेदन परेको थियो ।

कम्पनीले गत फागुन ११ देखि चैत २५ सम्ममा १०० बराबर ६५ कित्ता सेयरका दरले हकप्रद निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको ४० लाख १४ हजार ६५१ दशमलब ५८ कित्ता मध्ये अवितरित १ लाख ४७ हजार ३०१ दशमलब ०८ कित्ता लिलाम भएको हो । जस मध्ये १ लाख ४४ हजार ५९१ दशमलब ३५ कित्ता सर्वसाधारण र २ हजार ५११ दशमलब ७३ कित्ता संस्थापक शेयर रहेको थियो ।

हकप्रद बिक्रि तथा वितरण पश्चात नेपाल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब १ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved